कांग्रेसको संस्थापन इतर समूहका नेताहरुले साझा उम्मेदवारी चयनका लागि सभापतिका दाबेदार नेताहरुसहित पुन: छलफल थालेका छन् । नेताहरूले बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा छलफल थालेका हुन् ।
साझा उम्मेदवार चयन सफल नभएमा त्यसपछी के गर्ने भन्ने पनि आजकै बैठकबाट निर्णय हुने एक केन्द्रिय सदस्यले जानकारी दिए ।उद्घाटनसत्र सकिएलगत्तै नेताहरु बत्तीसपुतलीमा पुगेका थिए भने बैठकस्थलमा इतर समुहका कार्यकर्ता पनि ठुलो सङ्ख्यामा पुग्न थालेका छन ।








