कांग्रेस नेता कार्कीले गराए केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता , जित्ने सम्भाबना बलियो



नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवम् नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले कांग्रेसको १४औँ महाधिवेशमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

नेता कार्किले खुल्ला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गरेपछी पत्रकारहरुसग कुरा गर्दै उनले संगठित, समावेशी र गतिशील नेपाली कांग्रेस निर्माणका लागि आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

राजनितिलाई बिकाश, सुशासन र सम्बृद्दिसग जोडेर जनताको जिबनस्तरमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको भन्दै उनले कांग्रेस पार्टी र राजनितिलाई बिकाश, सुशासन र सम्बृद्दिसग जोड्न  आफु पार्टिको नेतृत्वमा आउन चाहेको दाबी गरे ।

सोलुखुम्बु जिल्ला अधिवेशनबाट सबै भन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका कार्की  पार्टीलाई संस्थागत र एक्जुट बनाउन जिल्लामा खेलेको भूमिकाका कारण लोकप्रिय नेताका रुपमा स्थापित भएका छन ।

 

 

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ५ : २१ बजे