विमलेन्द्र निधिले पनि दिए देउवालाई साथ



नेपाली कांग्रेसको सभापतिका लागी हुन लागेको दोश्रो चरणको निर्बाचनमा पार्टीका नेता विमलेन्द्र निधिले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेका छन्।

नेता प्रकाशमान सिंहको समर्थन लिएर निधि निवास पुगेका देउवालाई निधिले पनि सभापतिमा समर्थन गर्ने बताएका हुन्।

सभापतिमा निधिले पनि देउवालाई नै समर्थन गरेको र विज्ञप्ति जारी गरेर विस्तृतमा जानकारी दिने तयारी भैरहेको निधिको सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  १२ : २२ बजे