नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणनाको परिणाम सार्बजनिक भएको छ शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो ।
खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा . शशांक कोइरालाले मत पाएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।
खुल्ला केन्द्रीय सदस्यमा देउवापक्षका २६ जना र कोइरालापक्षबाट ९ जना निर्वाचित भएका छन्।देउवापक्षका बालकृष्ण खाण, एनपी साउद, उदयशम्शेर राणा, ज्ञानेन्द्रबहादुर कार्की,गोपालमान श्रेष्ठ, रमेश लेखक,उमेशजङ्ग रायमाझी, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित, मोहन आचार्य र रामहरी खतिवडा,मोहनबहादुर बस्नेत, शंकर भण्डारी, जितजंग बस्नेत, नैनसिंह महर,कुन्दनराज काफ्ले,जिपछिरिङ लामा, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, , राजीव ढुंगाना, गणेश लामा, मदन अमात्य, गोविन्द भट्टराई र निर्वाचित भएका छन्।
शेखरपक्षबाट डा . शशाङ्क कोइराला, अर्जुननरसिंह केसी, डा रामशरण महत, बलबहादुर केसी, दीपक गिरी, डा. गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्।
सबै भन्दा बढी मत ल्याएर निर्बाचित भएका डा .शशाङ्क कोइराला भने सबै समुहको सुचिमा अटाएका नेता हुन ।








