रक्षा मन्त्रालयको कार्यभार देउवाले सम्हाल्ने



राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा मीनेन्द्र रिजालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।

रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजिनामा दिएका हुन् ।कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि उनले नैतिकताका आधारमा रक्षामन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

प्रकाशित मिति : पुस ५, २०७८ सोमबार  ६ : १२ बजे