संविधानको रक्षा गर्दै लोकतन्त्रको संस्थागत विकास गर्नु कांग्रेसको दायित्व : प्रदीप पौडेल



नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टिको १४औं महाधिवेशन पूर्ण लोकतान्त्रिक विधिबाट सम्पन्न भएको बताएका छन् ।महाधिवेशनबाट निर्वाचित सबैलाई सामाजिक सञ्जालबाट शुक्रबार बधाइ दिँदै उनले यस्तो बताएका हुन्।

नेता पौडेलाले संवैधानिक व्यवस्थाकाे व्यवहारिक कार्यमा थप अगाडि बढेको भन्दै संविधानको रक्षा, पालना र व्यवहारिक कार्वन्यन गर्दै लोकतन्त्रको संस्थागत विकास गर्नु कांग्रेसको दायित्व भएको उल्लेख गरेका छन् ।

उनले पार्टिको १४औं महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई आभार समेत प्रकट गरेका छन् ।पौडेलले वैचारिक बहसबाट पार्टीलाई नयाँ उचाईमा पुर्याउन निर्वाचित नेतृत्वलाई सफलताको शुभकामना पनि ब्यक्त गरेका छन्।

प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार  ५ : १९ बजे