काँग्रेसले तोक्यो अधिवेशन हुन बाकी १६ जिल्लामा अधिवेशन मिति



नेपाली काँग्रेसले अधिवेशन हुन बाकी रहेका १६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार विज्ञप्ति जारी गरी १६ जिल्लामा २७ गते अधिवेशन गर्ने जनाएको हो ।

प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन रोकिएको थियो । गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ ।

प्रकाशित मिति : पुस १२, २०७८ सोमबार  ७ : ०२ बजे