आज नेपाली बजारमा सुनको भाउ तोलामा कति ?



काठमाडौं फागुन, १३–
आज नेपाली बजारमा सुनको भाउ तोलामा रु १०० ले बढेको छ । आइतबार तोलामा ६२ हजार ६०० मा कारोबार भएको छापावाल सुन आज बढेर ६२ हजार ७०० मा कारोबार भएको हो ।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन ६२ हजार ४०० मा कारोबार भइरहेको छ ।

आज चाँदी तोलमा रु ७८० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । आइतबार चाँदीको भाउ तोलामा रु ७७५ थियो ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ७ : ५१ बजे