काँग्रेसका १६ जिल्लाको जिल्ला अधिवेशन सर्‍यो



नेपाली काँग्रेसको १४ औं महाधिवेशनअघि हुन नसकेका जिल्लाको अधिवेशन  फेरि सरेको छ । १६ जिल्लाको अधिवेशन जिल्ला अधिवेशन पुस २७ गतेका लागि तय भएकामा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा व्यस्त रहनुपर्ने भन्दै काँग्रेस निर्वाचन समितिले अधिवेशन सारिएको जनाएको छ ।

काँग्रेसको अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायत जिल्ला रहेका छन् ।

जिल्ला कार्यसमितिको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते शनिबार हने निर्वाचन समितिद्वारा बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

प्रकाशित मिति : पुस २१, २०७८ बुधबार  ११ : १६ बजे