४० प्रतिशत मत ल्याएको शक्तिलाई पार्टीमा बेवास्ता गर्न मिल्दैन : गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई पार्टीमा बेवास्ता गर्न नहुने बताएका छन् । बुधबार शेखर कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले यस्तो ब ताएका हुन ।

महामन्त्री थापाले सत्ता गठबन्धन रहेपनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताए । सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताए ।उनले राष्ट्रिय सभाको चुनावपछि तालमेल समाप्त हुने र स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए ।

राष्ट्रिय सभाको निर्वाचनसँगै चुनावी तालमेल समाप्त हुन्छ। हामी एक्लै चुनावमा जान्छौं, उनले भने गठबन्धन चुनावसम्म रहन्छ तर, कांग्रेस एक्लै लड्ने हैसियत राख्छ । त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्छ।

 

प्रकाशित मिति : पुस २१, २०७८ बुधबार  ६ : ३५ बजे