प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भाग लिने भनिएको भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ ।
समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी भइरहेको थियो।
ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको भारतीय सञ्चार माध्यमहरुमा जनाइएको छ ।
भारतमा पछिल्लो समय कोरोना ओमिक्रोन भेरियन्ट संक्रमण रफ्तार अत्याधिक रुपमा बढेको छ ।
भारतका केन्द्रीय गृह सचिव अजय भल्लाले बढ्दो कोरोना संक्रमणबारे छलफल गर्न आज साझ समीक्षा बैठक समेत बोलाएका छ ।
#Omicron: Gujarat Govt postpones 10th Vibrant Gujarat Global Summit to be held from January 10 to January 12
— ANI (@ANI) January 6, 2022










