नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उहाँले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताए ।
“संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ”, उनले भने । पूर्वसभामुखसमेत रहनुभएका पौडेलले लामो समयसम्म संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताए । निजामती कर्मचारी ऐन दुई वर्षदेखि संसद्मा अड्किएर बस्नु दुःखद् भएको उनको भनाइ थियो ।
वरिष्ठ नेता पौडेलले सङ्घीय तहका कर्मचारी प्रदेश वा स्थानीय तहमा र प्रदेश वा स्थानीय तहका कर्मचारी सङ्घीय आवश्यक परेमा सरुवा आउन जान पाउने गरी ऐन आउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले पेशागत हक र अधिकारको सुनिश्चित गर्दै जनताको सेवामा लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गरे ।








