कैलाली फागुन, २३–
कैलालीमा सुन र चाँदीका सरसामानसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले लम्की चुहा नगरपालिका–३ चिसापानी प्रहरी चेक पोष्टमा सवारी जाँचका क्रममा २ किलो २३२ ग्राम सुनसहित धनगढी उपमहानगरपालिका–१ का ४५ वर्षीय रमेशकुमार सैजु र कैलारी गाउँपालिका’५ की २५ वर्षीय सीताकुमारी चौधरीलाई पक्राउ गरेको हो । उनीहरु बा१च ७४१३ नम्बरको कारमा सवार रहेको अवस्थामा जाँच गर्दा उनीहरुको साथबाट चाँदीको करुवा १० वटा, चाँदीकै बडर भएको काठको फ्रेम ४३, टिकादानी १२, चाँदीको सतपाला ७, चाँदीको आचमनी र पञ्चपाक ३२/३२ थान, १८ वटा नगसहितको औठी र तीन थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका दुबैजनालाई बरामद सामानसहित थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग मध्य तथा सुदूरपश्चिमाञ्चल कार्यालय कोहलपुर पठाउने तयारी गरेको छ ।