नेकपामा अध्यक्ष ओलीलाई समानान्तर प्रतिवेदन बुझाउन खोज्ने नेताले समय नै पाएनन्

काठमाडौं फागुन, १२–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबारको सचिवालय बैठकले संगठनात्मक एकीकरण कार्यदल भंग गरेपछि समानान्तर प्रतिवेदन बुझाउने योजना बनाएका कार्यदलका बहुमत सदस्यलाई शनिबार अध्यक्ष केपी ओलीले समय नै दिएनन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कार्यव्यस्तताको कारण देखाउँदै समानान्तर प्रतिवेदन बुझ्न आलटाल गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । ‘शनिबारका लागि समय मागिएको थियो, तर प्रधानमन्त्री…