सोह्र श्राद्ध शुरु,पितृको सम्झना गरिँदै

काठमाडौं । सोह्र श्राद्ध शुरु भएको छ । बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ ।बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैन। एक…