महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ (तस्बिरहरु)

काठमाडौं । पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ। पशुपति क्षेत्र सजिसजाउ गरेर चिरिच्याट्ट बनाइँदैछ । पशुपति क्षेत्र विकास कोषका अनुसार आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका तयारी गरिएको हो । शिवरात्रीका लागि साधुसन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन्। शिवरात्रीका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन्। यसरी…