धुर्मुस सुन्तलीलाई भ्रष्टचारको आरोप लगाउने वीरअस्पतालका हाकिम माथि राष्ट्रीय सतर्कता केन्द्रको छानबिन शुरु

काठमाडौं जेठ, २२– वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने वीर अस्पतालका भ्रष्ट कर्मचारीहरुको भागाभाग सुरु भएको छ । एउटै उपकरण खरिदमा ९ करोडसम्म भ्रष्टाचार गर्न पल्किएका वीरका भ्रष्ट कर्मचारीहरुमाथि राष्ट्रिय सतर्कता केन्द्रले आइतबारबाट छानविन थालेसँगै भागाभाग सुरु भएको हो । वीर अस्पतालमा विगत ३ वर्षदेखि व्यापक अनियमितता हुँदै…