सुनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?

काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन प्रतितोला १३ सय रुपैयाँले बढेको हो । आज सुन एकलाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुईहजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।