काठमाडौं । स्थानिय बजारमा शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य एकैदिन तोलामा एक हजार २०० रुपैयाँले बढेको महासंघले जनाएको छ ।…