सोमबार सुनको मूल्य स्थिर

काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य स्थिर छ । आज सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।