२० मंसिर, इलाम । सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एन्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोसी प्रदेश सरकार र नगरपालिकाको २३ करोड रुपैयाँ लगानीमा बनेको उक्त सेन्टर यही २७ मंसिरदेखि सञ्चालनमा आउन लागेको हो । नगरप्रमुख रणबहादुर राईले २७ मंसिरमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए…