मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तारमा सहजीकरण हुन्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तारमा सहजीकरण हुने बताएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले ऋणीहरु परिस्थितिजन्य कारणले समस्यामा परेका छन् भने त्यस्ता ऋणीहरुलाई कर्जाको पुनःसंरचना गर्नका लागि सहजीकरण गर्ने व्यवस्था…