काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य १.४६ अंकले घटेर २७०० अंकमा झरेको छ । बजारमा दिनभरको उतारचढाव न्यून रह्यो। अघिल्लो कारोबार दिन शुक्रबार नेप्से १.६३ अंक बढेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडको भयो…