आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४३.२० अंकले बढेर १९६५.३६ को बिन्दुमा पुगेको छ ।आइतबार कारोबार रकम पनि बढेको छ । आइतबार २२८ धितोपत्रका ३९ लाख १३ हजार ५७३ कित्ता सेयर एक अर्ब ५४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । पछिल्लो समय विभिन्न कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन्…