उद्योग दर्तादेखि सञ्चालनसम्म एकद्वार प्रणाली लागु गर्न चेम्बरको सुझाव

काठमाडौं । उद्योग दर्तादेखि सञ्चालनमा ल्याउने प्रक्रियासम्म एकद्वार प्रणाली कार्यान्वयन गर्न नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको ध्यानाकर्षण गराएको छ। काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरले मुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि नीतिगत सहजीकरण आवश्यक रहेको धारणा राख्दै स्थानीय तह, प्रदेश र संघबीचको अधिकार क्षेत्र स्पष्ट गरी दोहोरो कर…