काठमाडौं । विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो बिहिबार सारथी मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो। अमरदीप बीसीको शब्द रचना र संगीत रहेको सो गीतलाई मदन केसीले एरेन्ज गरेका हुन्। लोक ब्याटल्समा आधारित भिडियोमा गोविन्द थापा,स्मिता पल्लि मगर र अर्जुन पौडेलले…