शुक्रबार ८६०७ जनामा संक्रमण पुष्टि , १७७ जनाले ज्यान गुमाए

कोरोना महामारी नियन्त्रण गर्न देशमा लकडाउन जारी राखिएको भएपनी कोरोना सङ्क्रमण घट्न सकेको छैन यसैबिच पछिल्लो २४ घण्टामा देशमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ…