फिलिपिन्समा रेडियो पत्रकारको हत्या

मनिला, १७ जेठ । (रासस /एएफप) फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो । मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन् । आक्रमणको प्रतिकार गर्दै…