हिरोसिमा, ६ जेठ (रासस/एएफपी) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेन सङ्कट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । जापानको हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह ९जी–सेभेन० शिखर सम्मेलनका क्रममा मोदीले भने, “म तपाईँको पीडा र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु ।…