पाँच दिनसम्म चलेको युद्धपछि शनिबार गाजा पट्टी र आसपासका क्षेत्रमा युद्धविराम लागू भएको छ । युद्धका क्रममा कम्तीमा ३४ प्यालेस्टिनी र एक इजरायलीको मृत्यु भएको छ । इजिप्ट र प्यालेस्टाइनी स्रोतका अनुसार युद्धविराम स्थानीय समयअनुसार राति १० ः०० बजे सुरु हुने तय भएको थियो । तर समयसीमा सकिन अन्तिम ३० मिनेटमा गाजाबाट इजरायलतर्फ दर्जनौँ रकेट…