पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग

न्युयोर्क, १७ चैत (रासस /एपी) : पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फौजदारी अभियोग लागेको छ । वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उनलाई फौजदारी अभियोग लगाएको हो । फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् ।