काठमाडौं, माघ १६ । मित्रराष्ट्र अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्। दुई दिने भ्रमणमा आइतबार काठमाडौं अवतरण गरेकी नुल्यान्डले आजदेखी भेटवार्ता सुरु गरेकी हुन्। प्रधानमन्त्रीसँगको भेटमा साझेदारीको बृहत् एजेन्डामा छलफल भएको जनाइएको छ। नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार नुल्यान्डले आजै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले…