अमेरिकाको टेक्सस राज्यमा हवाई प्रदर्शनीका क्रममा दोस्रो विश्वयुद्धको समयमा बनेका पुराना दुई वटा विमानहरू एक आपसमा ठोक्किएर झरेका छन्। दुई वटै विमानहरू निकै कम उचाइमा उडिरहेका र एक अर्कालाई ठक्कर दिएको भिडिओहरूमा देख्न सकिन्छ। विमानहरू जुध्दा एउटा विमान दुई टुक्रा भएको र भुईँमा झर्ने बित्तिकै आगोको मुस्लो उठेको देखिन्छ। दुवै विमानहरू डलास नजिकै हवाई प्रदर्शनीमा…