रुसको रक्षा मन्त्रालयले ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा आफ्नो सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट नराम्ररी क्षति भएको जनाएको छ।उसले मस्क्भा अर्थात् मस्को नामक उक्त क्षेप्यास्त्र सहितको क्रुजरका चालकदलका सदस्यहरूलाई उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएको छ।रुसी रक्षा मन्त्रालयले आगलागीको कारणबारे केही बताएको छैन। यसअघि एक युक्रेनी अधिकारीले उक्त सैनिक जहाजमा…