कुवेत सरकारद्वारा राजिनामा

कुवेत सिटी, २० असोज (रासस–एएनआई) –– कुवेतका प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको कुवेती सरकारले राजिनामा दिएको छ । प्रधानमन्त्री सबाह अल खालिद अल सबाहले मंगलबार कुवेतका अमिर नवाफ अल अहमद अल जाबेर समक्ष राजीनामा बुझाएका हुन । आगामी नोभेम्बरमा आम चुनाव हुन लागेकाले वर्तमान सरकारले राजिनामा दिएको राज्य नियन्त्रित समाचार संस्था कुवेत न्यूज एजेन्सीले जनाएको छ…