ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दावी

झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थाल्नुभएको छ । कोरनोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै रहनुभएको थियो । सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुनुभएको थिएन । त्यसपछि सोमबार पहिलो पटक उहाँ फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुनुभएको छ । कार्यक्रममा उहाँ…