भारतमा ट्रम्पको ‘चुनावी कार्ड’

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच धेरै समानता छन् । पहिलो, दुवै सामाजिक सञ्जालको होहल्ला र आफ्नाबारे गरिएका प्रचारप्रसार खुबै रुचाउँछन् । आफूलाई बढीभन्दा बढी मानिसले सुनून् र चर्चा गरून् भन्ने लालसा दुवैमा देखिन्छ । भारतका लागि प्रस्थान गर्नुअघि ट्रम्पले ट्वीटरमार्फत दिएको सन्देशमा पनि त्यस्तै लालसा प्रकट भयो । ‘प्रधानमन्त्रीले भन्नुभएको छ, भारतको इतिहासमा…