काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई सबै सैन्य सहायता रोक्का गर्न आदेश दिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको केही दिनपछि अमेरिकाले यस्तो निर्णय गरेको हो। अमेरिकी अधिकारीहरूका अनुसार युक्रेन र रुसबीच भइरहेको लडाइँ रोक्न अमेरिकाले प्रदान गरेको सैन्य सहायताले योगदान पुर्याइरहेको छ वा छैन…