रुसी आक्रमणमा परी युक्रेनको पोल्टावामा मृत्यु हुनेको संख्या ५८ पुग्यो

काठमाडौं । गएको साता पोल्टावा सहरमा गरिएको ठूलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीनजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५८ पुगेको युक्रेनले आइतबार जनाएको छ । सेन्ट्रल सिटीमा सेप्टेम्बर ३ मा गरिएको आक्रमण पछिल्ला केही महिनामा सबैभन्दा घातक रुसी हमला थियो । उक्त आक्रमणमा सैन्य शिक्षा संस्थानलाई लक्षित गरिएको थियो ।…