प्रधानमन्त्री देउवाले भारतसँग नयाँ सम्झौता गर्नभन्दा सम्बन्ध सुधारमा बढी ध्यान दिनुपर्छः पूर्वराजदूत बराल (अन्तर्वार्ता)

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । पाँचौ पटक देशको प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । स्थानीय निर्वाचनको मुखमा देउवाले गर्ने भारत भ्रमणको समयमा दुई देशबीच केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । यसै सन्दर्भमा  भारतका लागि नेपाली पूर्वराजदूत प्रा.लोकराज बरालसँगको …