काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्पाका'का वरिष्ठ नेता बालेन शाहले पुन चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । आइतबार बिहानै देखि शाह झापा–५ , दमकको घरदैलोमा जुटेका छन् । उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै उनी पुनः घरदैलोमा जुटेरका हुन् ।