काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको सीमासम्बन्धी पछिल्लो अभिव्यक्ति राष्ट्रहित विपरित रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक दुलालले उक्त विषयमा सभामुखको रुलिङ र प्रधानमन्त्रीको स्पष्टीकरण आवश्यक रहेको बताए । सम्बोधनका क्रममा दुलालले दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण…