माघ १ गते देखि मोबाइल कल शुल्क घट्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्ने गरी कार्यान्वयनमा ल्याएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ यही माघ १ गते देखि लागु हुँदै छ । निर्देशिका लागू भएसँगै सेवा प्रदायकले हाल लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तोमा सेवा उपलब्ध गराउनु पर्नेछ…