२९ कार्तिक इलाम । सवारी चालक अनुमतिपत्रको परीक्षा अब इलाममा नै सञ्चालन हुने भएको छ । लाइसेन्सका लागि लिखित र प्रयोगात्मक दुवै परीक्षा इलाममा नै हुने भएपछि पूर्वी पहाडी चार जिल्लाका सेवाग्राहीलाई सहज हुने भएको छ । इलाममा नै सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को परीक्षा हुने भएपछि सेवाग्राही उत्साहित भएका छन् । यसअघि सवारी लाइसेन्स लिन…