काठमाडौँ । दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर गरिएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । “निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो,” दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले भने ।