काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । स्रोतका अनुसार अरू कसैले सभापति पदमा उमेदवारी दिएका छैनन् । निर्वाचन समितिका अनुसार ११ः१५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।