काठमाडौं। नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि डडेलधुरामा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले चुनाव लड्ने भएका छन्। पूर्व सभापति शेरबहादुर देउवा यसपटकबाट चुनाव नलड्ने भएपछि महरले टिकट पाएका हुन् । महर कांग्रेसमा देउवा पक्षकै नेता हुन्। कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन्।