पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको थियो । झिलझिले निवासी उहाँ लाइभकियर फर्मास्युटिकलका प्रबन्धक हुनुहुन्थ्यो । शिवसताक्षी–१ स्थित धरमपुरमा पर्ने कमलखोला…