काठमाडौं । माघे संक्रान्ति नजिकिँदै गर्दा ललितपुरस्थित हरिसिद्धिका व्यवसायीहरु चाकु बनाउन व्यस्त छन् । संक्रान्तिमा नेपालीहरूले तरूललगायत कन्दमूलका साथै घ्युचाकु सेवन गर्ने प्रचलन छ । उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे संक्रान्तिमा विशेष रूपमा सेवन गरिने परम्परागत परिकार हो।