राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । एक सय वर्ष कटिसकेका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो । उनको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो । उनको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो ।