पश्चिमी वायुको प्रभावले आज देशैभर मौसम बदली रहने, केही स्थानमा बर्षा हुने

काठमाडौं फागुन, ३०– पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताए…