बुटवल फागुन, २८– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र सीके राउतबीचको सम्झौताले सरकारको नियतमाथि अनेक प्रश्न उठिरहेको बताएका छन् । मंगलबार बुटवलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले राउतसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि नै गम्भिर प्रहार गरेको आरोप लगाए । पौडेलले भने, ‘सरकारले सीके राउतसँग गरेको ११ बुँदे समझदारी अपरिपक्व छ,…